१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दैलेखको महावु गाउँपालिकामा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:१२:oo

दैलेखको महावु गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लक्षमण गुरुङ र उपाध्यक्षमा मञ्जु पाण्डे विजयी भएका हुन् । 

अध्यक्षमा निर्वाचित लक्षमण गुरुङले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका निवर्तमान गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले पनि पराजय भोगेका छन् । 

शाहीले २ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । २०७४ मा स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा एमालेबाट निर्वाचित भएपछि उनी समाजवादीमा प्रवेश गरेका थिए ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु पाण्डे विजयी भएकी छिन् । पाण्डेले एमालेका उम्मेदवार दुर्गा सिंहलाई पराजित गर्दै उपाध्यक्षमा विजयी भएकी हुन् । विजयी पाण्डेले ३ हजार १ सय ५५ मत ल्याएकी छिन् । 

दुर्गा सिंहले २ हजार ३ सय एक मत ल्याएकी छिन् भने एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले २ हजार १ सय १३ मत प्राप्त गरेको महावुका निर्वाचन अधिकृत वीरेन्द्र केसीले जानकारी दिएका छन् ।  
 

ad
ad