१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:४२:oo

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा हरिकृष्ण देवकोटा दुई हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले दुई हजार दुई सय ८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले एक हजार पाँच सय २२ मत पाएका छन्।

त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकै मीरा लामा दुई हजार आठ सय १० मत ल्याएर विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल)ले दुई हजार दुई मत प्राप्त गरेकी छिन्।

५ वटा वडा रहेको कालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश न्यौपाने, वडा नम्बर ३ मा नेपाली कांग्रेसकै फणीन्द्रप्रसाद न्यौपाने, वडा नम्बर ४ मा खेसम तामाङ र वडा नम्बर ५ मा नेपाली कांग्रेसकै सन्दीप पौडेल विजयी भएका छन्।

ad
ad