१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गगन अयडी बाजुरा
२०७९ जेठ २ सोमबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनजना म्यादी प्रहरीमाथि खुकुरी प्रहार

Read Time : < 1 मिनेट
गगन अयडी बाजुरा
२०७९ जेठ २ सोमबार १०:४०:००

बाजुरामा आइतबार राति जिल्ला सदरमुकाम मार्तडीमा ड्युटीमा खटिएका तीनजना म्यादी प्रहरीमाथि खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट तीनजना म्यादी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

खुकुरी प्रहारबाट बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवाल, हर्क सुनार र सुनिल थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । कटुवालको टाउकोमा गम्भीर चोट लागेको भए पनि उनी खतरामुक्त छन् । 

कटुवालसँगै रहेका म्यादी प्रहरीहरू हर्क सुनार र सुनिल थापा पनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्रनाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीले खुकुरीसमेत बरामद गरिएको जानकारी दिए ।