१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुरमा चिरिबाबुको अग्रता कायमै, मतगणनास्थल थपियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५८:oo

ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाएका छन्। हालसम्मको मतगणनाअनुसार नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछि पार्दै उनले एक हजार १८ मत ल्याएका हुन्। ब्यञ्जनकारले ४ सय ६८ मत प्राप्त गरेका छन्। 

ललितपुर महानगरपालिकाभित्र वडा नम्बर १ को मतगणना सकिएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले जितेका छन्। हाल महानगरको वडा नम्बर २, ३ र ४ को मतणगना जारी छ। मतगणना ढिलो भएपछि तीन स्थानबाट मतगणना गर्न थालिएको छ। 

ललितपुर महानगरको उपमेयरमा गठबन्धनबाट नेकपा माओजादी केन्द्रका बाबुराज बज्राचार्यले २६७ मत पाएका छन् भने एमालेकी मञ्जली शाक्यले ४४४ मत पाएकी छिन्। 
 

ad
ad