१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवनिर्वाचित वडासदस्यको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:११:oo

धनकुटाको चौबिसे गाउँपालिका– २ का नवनिर्वाचित वडासदस्य अटल सूर्य मगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस भएका ५२ वर्षीय सूर्य मगरको उपचारको क्रममा गएराति निधन भएको हो ।

मतगणनास्थलमा अचानक बेहोस भएका मगरलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको चौबिसे गाउँपालिकाकी उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन् । 

अघिल्लो स्थानीय तहको निर्वाचन ०७४ मा एमालेको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर पुनः यसपटक पनि वडासदस्यमा निर्वाचित भएका थिए । वडाको मतपरिणाम अन्तिम चरणमा पुगेको वेला मगर कुर्सीबाट ढलेर अचानक बेहोस भएका थिए ।

उनलाई उपचारका लागि बाटोमा लैजाँदै गर्दा उनी वडासदस्यमा निर्वाचित भएका थिए । उच्च रक्तचापका कारण हृदयघात भएको हुन सक्ने पालिका उपाध्यक्ष रुचालले बताइन् । उनको शव घर ल्याइसकिएको र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
 

ad
ad