१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Friday, 09 May, 2025
२o७९ जेठ १ आइतबार o९:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धान, मकै, आलुु, प्याज र स्याउ  प्रवर्द्धन गर्न वार्षिक मिसन कार्यक्रम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o९:o४:oo

कृषि मन्त्रालयले कृषि उत्पादनको आयात प्रतिस्थापन गर्न वार्षिक मिसन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । सरकारले धान, मकै, आलु, प्याज र स्याउको उत्पादन तथा बढाएर आयात कम गर्न कार्ययोजना बनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले यसपटक आयात प्रतिस्थापन गर्ने बजेट ल्याउने गरी कार्ययोजना बनेको बताए ।

अर्थ मन्त्रालय र कृषि मन्त्रालयबीच भएको छलफलमा आयात प्रतिस्थापन गर्न प्रस्तावित १० मिसन बुँदामध्ये आलु, प्याज, धान, मकै र स्याउलाई प्राथमिकतामा राखेको छ । ‘यी पाँच वस्तुलाई हामी उत्पादन बढाउनुका साथै आयातलाई कम गर्न सक्छौँ, त्यसैले यी पाँच वस्तुलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । कृषिविज्ञ कृष्णप्रसाद पौडेलले विगतमा पनि यस्ता योजनाहरू ल्याइए पनि कार्यान्वयनमा आउन नसकेको बताए ।

‘सरकारले यस्ता योजनाहरू पटक–पटक ल्याए पनि खासै कार्यान्वयनमा आएको छैन, सस्तो लोकप्रियताका लागि  ल्याएका योजना हुनाले भोलिको दिन कार्र्यान्वयनमा आउने सम्भावना कम छ,’ उनले भने,  ‘कुनै अध्ययन योजनामा आधारित ल्याएको होइन, मिसन आयात प्रतिस्थापन रोक्नका लागि धेरै अध्ययन गरेर ल्याउनुपर्ने हुुन्छ, त्यो देखिँदैन त्यसले  कार्यान्वयन हुनेमा शंका छ ।’  

त्यस्तै, अर्को विज्ञ कृष्ण बजगाईंले स्थानीय तह र प्रदेशस्तरबाट चुुस्त रूपमा गर्न सके मात्र केही हदसम्म उत्पादनको क्षमतालाई बढाउन सकिने  बताए । ‘भूगोलअनुसार प्रविधिको प्रयोग उन्नत बिउबिजनलाई प्राथमिकता दिन सके सरकारले ल्याउन लागेको यस योजनामा केही राहत किसान र सरकार दुुवैलाई सहयोग पुुग्छ,’ उनले भने ।