१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:३७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पोखरा महानगरमा मतगणना सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ।  मतदानको २३ घण्टापछि पोखरामा मतगणना सुरु भएको हो। विभिन्न विषयमा दलहरूका बीच स्पष्टता पार्दै मतगणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार दलहरू अब धेरै विषयमा प्रस्ट भएकाले मतगणना निरन्तर चल्नेछ। 

नगर विकास समिति र जिल्ला समन्वय समितिको हल गरेर दुई स्थानमा ८ खालमा मत गनिनेछ। सुरुमा वडा नम्बर १२को शितलादेवी मतदान केन्द्रको मत गन्न सुरु गरिएको छ। दुवै मतगणनास्थलको बाहिर दलका नेता र समर्थकहरूको ठूलो भिड छ। 

पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य र नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाका बीचमा मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

गठबन्धन र एमाले दुवै पक्षले आफ्नो जित निश्चित रहेको बताएका छन्। मेयरमा मात्र आचार्य र थापासहित २३ जनाको प्रतिस्पर्धा छ। 

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जु गुरुङका बीचमा मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। उपमेयरमा ८ जनाका बीचमा प्रतिस्पर्धा छ। पोखरा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ३२ हजार २२६ मत खसेको छ।