मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Thursday, 10 July, 2025
२o७९ बैशाख ३१ शनिबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धुर्कोटमा कांग्रेस वडाध्यक्ष उम्मेदवारमाथि कुटपिट, मतगणना अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १५:o५:oo

धुर्कोट गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहितका तीनजनामाथि कुटपिट भएपछि मतगणना अनिश्चित भएको छ । वडाध्यक्षका उम्मेदवार ४६ वर्षीय गोपाल थापासहित २६ वर्षका निरन्जन कुँवर र ३५ वर्षका सञ्जय नेपाली कुटपिटबाट घाइते भएका छन्।

उनीहरूमाथि कुटपिट गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ। शुक्रबार राति थापासहितका व्यक्तिमाथि आक्रमण गरेको आरोपमा धुर्कोट–६ का २५ वर्षीय प्रदीप भण्डारी, २९ वर्षीय प्रकाश पाण्डेय, ३० वर्षीय रामप्रसाद भण्डारी, २० वर्षीय विक्रम थापा, २४ वर्षीय सन्तोष भण्डारी र गुल्मीदरबार–३ का २४ वर्षीय अविनाश थापालाई प्रहरीले पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

घाइतेहरूको बुटवलस्थित चौराह अस्पतालमा उपचार भइरहेको छ। थापाको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य युवाहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । नेपाली कांग्रेसका नेता तथा धुर्कोट गाउँपालिकाका उम्मेदवार महेन्द्र भण्डारीले अपराधमा संलग्न माओवादीका कार्यकर्तालाई कारबाही हुनुपर्ने माग गरेका छन्। घटनाका कारण धुर्कोटको मतगणना अझै हुन सकेको छैन। भण्डारीले अपराधमा संलग्नहरूको जिम्मा नलिएसम्म मतगणना नहुने बताए। नेकपा माओवादी केन्द्र धुर्कोटका अध्यक्ष गाेपाल कुँवरले मतदान सकिएपछि भएको घटनासँग उम्मेदवार र पार्टीलाई बदनाम गर्न नहुने प्रतिक्रिया दिएका छन् ।