१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार २o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मकवानपुरमा ७१ प्रतिशत बढीले गरे मतदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:२५:oo

स्थानीय तह निर्वाचन २०७९ मा मकवानपुरमा ७१ प्रतिशत बढीले मतदान गरेका छन् । मकवानपुरका १० स्थानीय तहमा २ लाख ९४ हजार २९ मतदातामध्ये समग्रमा ६५ प्रतिशत बढी मतदाताले मतदान गरेका हुन् । हेटौँडा उपमहानगरपालिकामा ६५, थाहा नगरपालिकामा ७१, भीमफेदी गाउँपालिकामा ७०, मकवानपुरगढी गाउँपालिकामा ७०, बागमती गाउँपालिकामा ७१, राक्सिराङ गाउँपालिकामा ७३, मनहरी गाउँपालिकामा ७२, कैलाश गाउँपालिकामा ६५, बकैया गाउँपालिकामा ८० र इन्द्रसरोवरमा ६५ प्रतिशतले मतदान गरेको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१०वटै स्थानीय तहमा शान्तिपूर्ण तवरबाट मतदान प्रक्रिया सकिएको र सर्वदलीय बैठकको निर्णयानुसार मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले बताए । ‘मकवानपुरमा शान्तिपूर्ण तवरबाट मतदान सकिएको छ, उत्साहपूर्ण मतदाताको सहभागितामा मतदान भएको छ ।’ उनले भने, ‘सबै स्थानीय तहमा सहमतिअनुसार मतगणना सुरु गरिनेछ ।

हेटौँडा उपमहानगरमा १ लाख ४ हजार ४ सय ७३, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७, बागमती गाउँपालिकामा १२ हजार ३ सय २८, इन्द्रसरोवरमा १२ हजार ४ सय ७१, कैलाशमा १४ हजार ५ सय ८६, बकैयामा २९ हजार ९ सय ४३, भीमफेदीमा १७ हजार ४ सय २८, मकवानपुरगढीमा १९ हजार १ सय १८, मनहरीमा २६ हजार ७ सय २१ र राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ मतदाता थिए । जिल्लामा १ सय ६५ र मतदान केन्द्र कायम गरिएको थियो ।  

 निर्वाचनका लागि मकवानपुरमा सेनासहित २ हजार ८ सय ६२ सुरक्षाकर्मी खटिएका थिए । निर्वाचन सुरक्षाका लागि नेपाली सेना ४ सय ५०, नेपाल प्रहरी ६ सय ५५, सशस्त्र प्रहरी २ सय ८४ र १ हजार ४ सय ७३ म्यादी प्रहरी खटिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । १० स्थानीय तह रहेको मकवानपुरमा १ उपमहानगर, १ नगरपालिकासहित ८ गाउँपालिका छन् । ४ लाख ६१ हजार ५३ जनसंख्या मध्ये २ लाख २८ ४ सय ७२ पुरुष र २ लाख ३२ हजार ५ सय ८१ महिला छन् ।
 

ad
ad