१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

चितवनमा आजैबाट मतगणना हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:२७:oo

चितवनमा आजैदेखि मतगणना हुने बताइएको छ । सबै मतपेटिका संकलन गरेर सर्वदलीय बैठक सम्पन्न भएलगत्तै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए ।

मतदान सकिएपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने कार्य हुँदै छ । कार्कीका अनुसार ७० प्रतिशत बढी मत खसेको अनुमान छ । चितवनमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको उनले बताए ।

भरतपुर महानगरपालिकामा भने मतदान भइरहेको समयमा चिट वितरणले समस्या देखिएको थियो । मतदानको क्रममा मतदातालाई गठबन्धन समूहले चिट वितरण गरेर पठाउन थालेपछि सामान्य विवाद पनि भयो । चितवनका निर्वाचन केन्द्रहरू भने अपांगमैत्री देखिएका थिएनन् । चितवनमा मतदाताको संख्या ३ लाख ९७ हजार ६८५ छ । यहाँ १ लाख ८५ हजार ७५२ जना मतदाता छन् ।

ad
ad