१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ बैशाख ३० शुक्रबार १६:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको हरिरबा जनता मावि मतदानस्थलमा स्थगित मतदान १ जेठमा गर्न दलहरू सहमत

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १६:०१:००

मतपेटिका तोडफोड र मतदान अधिकृतमाथि कुटपिट भएपछि स्थगित  सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलकाे मतदान १ जेठमा गर्न स्थानीय राजनीतिक दल सहमत भएका छन् ।
मतदान स्थगित भएपछि बसेको सर्वदलीय बैठकले १ जेठमा पुनः मतदान गर्ने सहमति गरेकाे हाे । 

मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले भने जिल्लास्तरमा त्यस्ताे निर्णय भए पनि स्थगित मतदान कहिले गर्ने भन्नेबारे निर्वाचन आयोगले अन्तिम निर्णय गर्ने बताए । 
‘उहाँहरूबाट जेठ १ गते मतदान गर्ने कुरा आएको छ । हामीले त्यही कुरा आयोगलाई जानकारी गराइदिने हो,’ उनले भने, ‘समय निर्धारण भने आयोगले नै गर्नेछ ।’ 
मतदानस्थलमा भएको कुटपिटमा परेर घाइते भएका मतदान अधिकृत विपिन यादवको उपचार भइरहेको छ ।