मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार ११:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदानस्थलको निरीक्षण गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार ११:०८:००

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरूको टिमले काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा रहेको मतदानस्थलको अवलोकन गरेको छ ।

पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदानस्थलको अनुगमन गरिरहेको हो । सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरूको टिमले त्यहाँको मतदानस्थल र मतदाताहरूको गुनासोबारे सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ ।

मतदानस्थलको अवलोकनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले अन्य स्थानहरूभन्दा मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा धेरै मतदाताको उपस्थिति रहेको पाइएको बताए । धेरै मतदाता भएकाले मतदान प्रक्रियामा ढिला भएको उनले बताए । मतदानका लागि ज्येष्ठ नागरिकलाई धेरै समय लागेकोले पनि मतदान प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ ।

पर्यवेक्षक श्रेष्ठले भने, ‘यो मतदाता धेरै भएको ठाउँ रहेछ । मतदाताले धेरै समय कुर्नुपर्ने भयो भन्ने गुनासो गर्नुभएको छ । मैले बुझ्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदा समय लागेको भन्ने आएको छ ।’

पर्यवेक्षक श्रेष्ठले केही मतदान केन्द्रमा मतदान गर्ने क्रममा ढिलाइ भइरहेको गुनासो मतदाताले गरेको पनि बताए । उनले ज्येष्ठ नागरिकलाई पहिला पालो दिँदा केही समय ढिला भएको भए पनि मतदान अधिकृतले यस समस्यालाई चाँडै समाधान गर्ने बताएको जानकारी दिए । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । निर्वाचनमा भयरहित र निष्पक्ष रूपमा सहभागी भई मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।