१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
काठमाडौंको शुक्रबार बिहानको मौसम
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५८:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५८:oo

मतदान गर्न जाँदा ओत बोक्न मौसमविद्को सुझाव 

आज (शुक्रबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सात सय ५३ वटै स्थानीय तहमा मतदान हुँदै छ । आगामी पाँच वर्षका लागि जनप्रतिनिधि छान्न मतदाता आतुर छन् । तर, स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण छिनमै पानी पर्ने र छिनमै घाम लाग्न सक्ने भएकाले मतदानका लागि जाँदा ओत बोक्न मौसमविद्ले सुझाव दिएका छन् ।

‘पानी दिनभर नै त पर्दैन । तर, एकछिन पानी पर्ने र एकैछिनमा घाम लाग्ने हुन सक्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘भोट हाल्न जाँदा पानीबाट जोगिन छाता, छत्री, प्लास्टिकजस्ता ओतका सामग्री लैजानु राम्रो हुन्छ ।’ 

महाशाखाका अनुसार शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि वर्षाको आकलन गरिएको छ । शुक्रबार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मतदानको भोलिपल्ट शनिबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भेकमा वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ । 

गत आइतबार चुनावी मौसमको प्रक्षेपण गरेपछि निर्वाचन आयोगले मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको थियो । आयोगको निर्देशनअनुसार मतदानस्थल र केन्द्रमा पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गरिएको छ ।