१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नीति तथा कार्यक्रम ७ जेठमा संसदमा प्रस्तुत गरिने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

सरकारले आगामी आर्थिक वर्ष ०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

सवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले जेठ ३ गते दिउँसो ४ बजेका लागि  संसद् अधिवेशन आह्वान गरेकी छिन् । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने प्रवक्ता पाण्डेले बताए । उनले बजेट अधिवेशनको लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्डलगायतका भौतिक तयारी पूरा गरेको बताए ।  

प्रवक्ता पाण्डेका अनुसार जेठ ३ गते पहिलो प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।  जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल,  १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधानअनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए । 

जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्नुहुन्छ । जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुन्छ । जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्ने कार्यक्रम रहेको छ । त्यसको संशोधन र छलफल ८, ९, १० र ११ गते निर्धारण हुने देखिन्छ । जेठ १२ वा १३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा आर्थिक सर्वेक्षण  पेस गर्नुहुन्छ,’ प्रवक्ता पाण्डेले भने, ‘त्यसपछि संवैधानिक प्रावधानअनुसार जेठ १५ गते बजेट भाषण हुन्छ ।’

उनले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रूपमा चल्ने बताए । पाण्डेका अनुसार प्रतिनिधिसभासँगै ३ जेठबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुनेछ ।