१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाडका लागि भलिबल खेलाडी छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

 चीनको हाङझाउमा आयोजना हुने १९औँ एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडी छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौँ आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उनीहरूलाई छनोट गरेको हो ।

 यसअघि गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एसियन गेम्सका लागि महिला भलिबललाई एसियन गेम्समा समाविष्ट गर्ने निर्णय भएको हो । पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरूमा प्रतिभा माली, शान्ति थारू, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनीषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगतिनाथ, सरस्वती जैसी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ, निशा चौधरी, पुजा थारू, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेस्मा भण्डारी, हिरा केसी, उषा विष्ट, मनीष खाण रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल 
(उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वलबहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक)सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।