Skip This
ad
बालबालिकामा अज्ञात कारणबाट कडा हेपाटाइटिस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा अज्ञात कारणबाट कडा हेपाटाइटिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:४५:oo

सात महिनामा २७८ जनामा संक्रमण, पाँचको मृत्यु

‘अज्ञात कारण’ले बालबालिका हेपाटाइटिस संक्रमणबाट पीडित बन्न थालेपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले अध्ययन सुरु गरेको छ । सिडिसीका अनुसार अमेरिकामा पछिल्लो सात महिनामा संक्रमणको कारण थाहा नभएको हेपाटाइटिसबाट दुई सय ७८ बालबालिका पीडित भएका छन् । हेपाटाइटिसबाट यस अवधिमा पाँच बालबालिकाको मृत्युसमेत भएको छ ।

डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

नेपाल हेपाटाइटिस संक्रमणको उच्च जोखिम भएको ठाउँ हो । संक्रमण भएर पनि बालबालिकामा ‘नोटिस’ नगरिएको हुन सक्छ । कोभिड महामारीको समयमा एडिनो भाइरस संक्रमितमा यस्तो समस्या देखिनु सामान्य नभएको र सजग हुनुपर्छ ।

सात महिनायता अमेरिकासहित एसियाका केही देशमा यस्तै प्रकृतिको हेपाटाइटिस देखिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अधिकारीहरूले विश्वभर देखिएका घटनाको अनुसन्धान गर्न थालेको बताएका छन् । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानमा संक्रमित बालबालिकामध्ये ९० प्रतिशतभन्दा बढी अस्पतालमा भर्ना भएका थिए । यस्तै, १४ प्रतिशतमा कलेजो नै प्रत्यारोपण गर्नुपरेको थियो । जसमध्ये आधाभन्दा बढीलाई एडेनोभाइरस अर्थात् सामान्य भाइरसबाट संक्रमण पुष्टि भएको छ । अस्पताल भर्ना भएका अधिकांश बालबालिका निको भइसके पनि सामान्य भाइरसको संक्रमणले नै कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउनु जटिल भएको चिकित्सकहरूको भनाइ छ ।

डब्लुएचओले सन् २०२१, अक्टुबरयता १६ वर्षमुनिकालाई हेपाटाइटिस समस्या देखिए (हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ भाइरस नेगेटिभ भएका) तथा प्रयोगशाला परीक्षणमा कलेजो इन्जाइम ५०० आइयू–एलभन्दा बढी देखिए रहस्यमय कडा ‘हेपाटाइटिस’ भनेर परिभाषित गरेका छन् । यस्ता लक्षण भएका बिरामी देखिए सूचना दिन अनुरोध गरिएको थियो । एसियाका केही देशमा पनि कडा हेपाटाइटिसका केस देखिएको समाचार आएका छन् । तर, नेपालमा भने हालसम्म यस्तो संक्रमण पुष्टि नभएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘नेपालमा हेपाटाइटिस संक्रमण उच्च जोखिम भएको ठाउँ हो । संक्रमण भएर पनि बालबालिकामा ‘नोटिस’ नगरिएको हुन सक्छ । कोभिड महामारीको समयमा एडिनो भाइरस संक्रमितमा यस्तो समस्या देखिनु सामान्य नभएको र सजग हुनुपर्छ ।’

विश्वभरि बढिरहेको हेपाटाइटिसको केसले विज्ञहरू चिन्तित बनेका छन् । सिडिसीका संक्रामक रोगका उपनिर्देशक डा. जे बटलरले गत शुक्रबारको ब्रिफिङमा भने, ‘हामीलाई थाहा छ, यो अपडेट विशेष गरी साना बालबालिकाका अभिभावकका लागि चिन्ताको विषय हुन सक्छ, तर बालबालिकामा दुर्लभ रहेको हेपाटाइटिसले कलेजोमै गम्भीर समस्या निम्तिरहेका कारण समस्या देखिनासाथ जानकारी गराउनुपर्छ ।’ डब्लुएचओका अनुसार हालसम्म विश्वभर दुई सय ७८ बालबालिकामा कडा हेपाटाइटिस देखिएको छ । संक्रमित अधिकांश १० वर्षमुनिका छन् । संक्रमित बालबालिकामा कुनै पनि सामान्य हेपाटाइटिस भाइरस (ए, बी, सी, डेल्टा र ई)फेला पर्न नसकेका कारण संक्रमण रहस्यमय मानिएको हो । 

ad
ad