१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ बैशाख २७ मंगलबार १३:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

Read Time : < 1 मिनेट
२०७९ बैशाख २७ मंगलबार १३:४७:००

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन्। निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक सुरक्षाकर्मी खटिएका हुन्।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ नेपाल प्रहरी, दुई सय ८८ म्यादी प्रहरी र दुई सय १९ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ मतदानस्थल र ५१ मतदान केन्द्र तोकिएको छ। सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्नेलगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए।