१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई तीन खेलको एकदिवसीय सिरिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:५८:oo

नेपालले पाहुना टोली जिम्बावे एविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको छ । 

टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ र दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ६० रनको अर्धशतकीय योगदान गरे । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपाल र जिम्बावेबीच खेल भएको हो । 
यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो। एक खेल भने वर्षाका कारण रद्ध भएको थियो ।
 

ad
ad