१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनका लागि रामेछापका १,११२ कर्मचारी खटिए

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालय रामेछापले जिल्लाका एक हजार एक सय १२ कर्मचारीलाई खटाएको छ। जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकाका ९२ मतदानस्थल र दुई सय २३ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत गरी आवश्यक कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालय रामेछापका मुख्य निर्वाचन अधिकृत डा. दीवाकर भट्टले जानकारी दिए।

भट्टका अनुसार सदरमुकाम रहेको मन्थली नगरपालिकामा मतदाता संख्या ३७ हजार दुई सय २० रहेकाले सोहीअनुसार दुई सय ३५ कर्मचारी खटाइएको छ। त्यसैगरी कम मतदाता रहेको गोकुलगंगा गाउँपालिकामा एक सय कर्मचारी खटाइएको छ। यसबाहेक उमाकुण्ड गाउँपालिकामा एक सय सात, लिखु तामाकोसी गाउँपालिकामा एक सय ३० र सुनापति गाउँपालिकामा एक सय १५ जना कर्मचारी खटाइएको छ।

यसैगरी, निर्वाचन सम्पन्न गर्न खाँडादेवी गाउँपालिकामा एक सय ३५, दोरम्बा शैलुङ गाउँपालिकामा एक सय ३५ र रामेछाप नगरपालिकामा एक सय ५५ कर्मचारी खटिएका छन्। जिल्लाको दुई नगरपालिका, ६ गाउँपालिका र ६४ वडा गरी कुल तीन सय ३६ पदमा एक हजार दुई सय ५९ उम्मेदवार चुनावी दौडमा होमिएका छन्। रामेछापमा ९१ हजार एक सय ३१ पुरुष र ८७ हजार सात सय ३६ महिला गरी कुल एक लाख ७८ हजार आठ सय ६७ मतदाता रहेका छन्।