१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
धर्मश्री उपाधि विजेता उमेश राई
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उमेश राईले जिते १६औँ धर्मश्रीको उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२३:oo

झापाका उमेश राईले १६औँ धर्मश्री शारीरिक सुगठनको उपाधि जितेका छन् । शनिबार अबेर राति सम्पन्न प्रतियोगिताको फाइनलमा एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई हराउँदै उपाधि हात पारेका हुन् । राईले १० लाख र उपविजेता धिमालले पाँच लाख रुपैयाँ हात पारेका छन् । नयाँ बजारको मसल्स एन्ड फिटनेसका कृष्णबहादुर सूर्यवंशी तेस्रो स्थानमा रहँदै दुई लाख प्राप्त गरे । विजयी खेलाडीहरूलाई उपराष्ट्रपति नन्दकिशोर पुनले पुरस्कृत गरेका थिए ।

नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको प्रतियोगितामा उपाधि विजेता उमेश ८० केजी तौल समूहमा पहिलो हुँदै ओभर अल राउन्डमा प्रवेश गरेका थिए । यसैगरी, धिमाल ८० केजीमाथिको तौल समूह र सूर्यवंशीले ७५ केजी तौल समूहमा पहिलो स्थानमा रहँदै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगितामा सात तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको चौथो स्थानमा बिलिजेन्ड सेप फिटनेस, खुसिबुका सन्जम सागर शाक्य रहे । ७० केजी तौल समूहमा पहिलो भएका शाक्यले एक लाख ५० हजार प्राप्त गरे । 

पाँचौँ स्थानमा प्लानेट फिटनेस इटहरीका पुष्प शंकर रहे । ६५ केजी तौलका उनले एक लाख हात पारे । छैटाैँ स्थानमा आयोजक व्यायाम मन्दिरका डेभिड बलामी रहे । ६० केजी तौलका बलामीले ९० हजार रुपैयाँ जिते । सातौँ स्थानमा आयोजक व्यायाम मन्दिरका राजु राईले ८० हजार रुपैयाँ हात पारे । उनी ५५ केजी तौल समूहमा पहिलो भएका थिए । 

तौल समूहअन्तर्गत ५५ केजी तौलमा जिम एक्स नयाँ बजारका उमेश डंगोल दोस्रो र हेल्थ बेनिफिटनेस, नेपालगन्जका सिद्धान्त जसरोटिया तेस्रो भएका छन् । ६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किसनदास दिवाकर दोस्रो र रत्नश्री पोखराका सुरेश लामा तेस्रो भए । यसैगरी, ६५ केजीमा आयोजकका आशिष देवाजू दोस्रो र यारो फिटनेस, मोरङका मनोज सुवेदी तेस्रो स्थानमा रहे । 

७० केजीमा द वर्कआउट स्टेसन, नयाँबजारका अशोक महर्जन दोस्रो र रुपन्देही फिटनेस टाइमका कृष्णप्रसाद श्रेष्ठ तेस्रो भए । ७५ केजी तौलमा बिलिजेन्ड सेप फिटनेस, खुसिबुका प्रवेश श्रेष्ठ दोस्रो र आयोजकका आदित्य ठाकुरले तेस्रो स्थान हात पारे । ८० केजीमा प्याराडइज फिटनेस सेन्टर, कलंकीका विवेकसिंह धामी दोस्रो र प्लाटिनम फिजिक फिटनेस, बानेश्वरका हरि थापा तेस्रो भए । 

८० केजीमाथिको तौलमा आयोजकका ग्रिस महर्जन दोस्रो र गोर्खाली फिटनेस, न्युरोडका अरुणकुमार प्रधान तेस्रो भए । तौल समूह चरणमा दोस्रो हुनेले ४० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ पाएका छन् ।

आश्वत र जास्मिन फिजिकतर्फ विजेता 
प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला फिजिकको पुरुषतर्फ आयोजक व्यायाम मन्दिरका आश्वत स्थापित पहिलो भएका छन् । महिलातर्फ द फिटनेस टेम्पल, भक्तपुरकी जास्मिन लामाले उपाधि हात पारिन् । पुरुष तथा महिलातर्फका विजेताले जनही दुई–दुई लाख रुपैयाँ पाएका छन् । पुरुषतर्फ १०१ बेस्ट फिटनेस, पोखराका सुमन श्रेष्ठ दोस्रो र आइरन प्याराडाइज फिटनेस एन्ड स्पा काठमाडाैंका ज्ञानेश्वर चौधरी तेस्रो भए । महिलातर्फ डिभाइन फिजिक फिटनेस, काठमाडौंकी लुना श्रेष्ठ दोस्रो र मसल एन्ड फिटनेस, काठमाडौंकी नमानी गुरुङ तेस्रो भए । पुरुष तथा महिलातर्फका दोस्रो हुने खेलाडीले एक लाख र तेस्रो हुने खेलाडीले ५० हजार रुपैयाँ पाएका छन् । 

ad
ad