१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दम्भ राख्ने ओली पछारिए, हामीले पनि दम्भ राखे पछारिन्छौँ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ राख्ने दल र नेताको भविश्य नहुने बताएका छन्। पोखरामा आइतबार पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

दम्भी हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले हुँदाखाँदाको प्रधानमन्त्री पद गुमाएको र एमाले सत्ताबाट ओर्लिएको चर्चा गर्दै उनले कांग्रेस र आफूहरूले पनि दम्भ पाले त्यस्तै नियति भोग्नुपर्ने टिप्पणी गरे। ‘दम्भ नपालौँ, हिजो केपी ओलीले दम्भ पालेका कारण उनी सत्ताबाट सडकमा पछारिए। कांग्रेसले दम्भ पाल्यो भने पनि त्यही हो। हामीले दम्भ पाले पनि त्यही हो। म ठूलो अरू केही होइन नभनौँ । सबैको अस्तित्व स्वीकार गरौँ, नभए सबैको हालत उस्तै हुन्छ,’ उनले भने।

नेपालले ओली देशका महत्वपूर्ण आन्दोलनमा अग्रसर नभएकोसमेत टिप्पणी गरेका छन्। नेकपा कोअर्डिनेसन केन्द्र, माले र एमाले निर्माणमा भूमिका नखेलेका र परिवर्तनको आन्दोलनमा पनि ओली अग्रसर नभएका उनको आरोप छ। आफूले ओलीलाई ‘बयलगाडा पथको प्रवर्द्धक’ भन्ने गरेको भन्दै उनले परिवर्तनका आन्दोलनको नेतृत्व नगरेका ओलीलाई संविधान, लोकतन्त्र र गणतन्त्रको माया नरहेकाे जिकिर गरे।

ओली नेतृत्वको एमाले, राप्रपा नेपाल र नेपाल परिवार दलको गठबन्धनलाई उनले दक्षिणपन्थी, प्रतिगामी, संघीयताविरोधी र गणतन्त्रविरोधी गठबन्धनको संज्ञा दिएका छन्। मुख्यतः अहिले अग्रगामी र प्रतिगामीबीचको लडाइँ रहेको भन्दै उनले आफूहरूको तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटलाई जिताउन पोखरावासीलाई आग्रह गरे।