Skip This
३० वैशाख गठबन्धनलाई ठूलो खड्गो : अध्यक्ष ओली
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २५ आइतबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

३० वैशाख गठबन्धनलाई ठूलो खड्गो : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार १४:२७:oo

एमालेका अध्यक्ष केपी ओलीले पाँचदलीय सत्तारूढ गठबन्धनलाई ३० वैशाखको स्थानीय निर्वाचन ठूलो खड्गोका रूपमा प्रकट हुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले ज्योतिषीहरूले ३० वैशाख गठबन्धनलाई ठूलो खड्गाेका रूपमा चर्चा गर्ने गरेको बताएका हुन्।

‘एउटा ग्रहदशा हेर्ने, अर्को राजनीतिक दशा हेर्ने ज्योतिषी हुन्छन्। अहिले दुवै प्रकारका ज्योतिषी गठबन्धन महासंकटमा पर्दै छ भन्छन्। होइन भने प्रधानमन्त्रीजीले ठ्याक्कै मिलाउने आफ्नै ज्योतिषलाई बोलाएर सोध्दा हुन्छ,’ ओलीले भने, ‘गठबन्धन रहन्छ/रहँदैन भन्ने मेरो कुरा छैन। तर, ज्योतिषीहरूको भनाइअनुसार उहाँहरूको सबभन्दा ठूलो खड्गो वैशाख ३० नै हो । कस्तो दिन छानेर उहाँहरूले राख्नुभएछ।’

ओलीले एमालेले चाहँदा अहिलेको गठबन्धन एक सातामा ढल्ने ठोकुवा पनि गरेका छन्। ‘हामीले चाह्याैँ भने एक हप्ता लाग्दैन, एक हप्तामा ढल्छ–ढल्छ। बिरालो किन्नुपर्दैन भन्ने तपाईंहरलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उसैकहाँ दिन्छ। त्यसको कुनै सवालजवाफ छ ? हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा ठूलो छ,’ उनले भने।