१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका वासिङ्टन
Invalid date format १२:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

संयुक्त राज्य अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्न थालेको पाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पताल भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन्।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ। पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोनाजन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार रहेको जनाएको थियो। यो संख्या अमेरिकाका सबै अस्पतालको हो। तर, यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि समाचारमा जनाइएको छ।

यहाँ गएको दुई हप्ताअघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको छ। गत बिहीबार मात्र यहाँ ६८ हजार कोरोनाका संक्रमित भेटिएका थिए। यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो। रासस