Skip This
प्रतिस्थापन विधेयकबाट ल्याइएको बजेट कार्यान्वयन नहुँदा अर्थतन्त्रमा समस्या : अर्थविद् अधिकारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

प्रतिस्थापन विधेयकबाट ल्याइएको बजेट कार्यान्वयन नहुँदा अर्थतन्त्रमा समस्या : अर्थविद् अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रतिस्थापन विधेयकमार्फत सरकारले ल्याएको बजेट कार्यान्वयनमा समस्या हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको अधिकारीको दाबी छ । सरकारले अर्थतन्त्र सही दिशामा रहेको भने पनि सूचक हेर्दा अर्थतन्त्र संकटउन्मुख नै रहेको उनले जिकिर गरे।

‘प्रतिस्थापन विधेयकमा पनि समस्या आएको हो। यसलाई कसरी कार्यान्वय गर्ने भन्नेमा नै समस्या आएको हो । बजेट आयो, तर कसरी कार्यान्वय गर्ने भनेर सही बाटो समाउन नसक्दा त्यो प्रतिस्थापन विधेयकले पनि आफ्नो लक्ष्य हासिल गर्न सकेन,’ उनले भने।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने अर्थविद् अधिकारीले चेतावनी दिए । त्यस्तो अवस्था आउन नदिन सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकितामा राखेर बजेट ल्याउनुपर्ने उनले सुझाव दिएका छन् ।