१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसका बागी निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:५२:oo

पार्टी निर्णयविपरीत आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई कांग्रेसले पार्टी सदस्यताबाट निलम्बन गरेको छ । पार्टीको निर्देशनपछि समेत उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार उम्मेदवार, प्रस्तावक र समर्थकलाई निष्कासन गरेको हो । 

देशभर कति निष्कासनमा परे भन्ने जानकारी भने संकलन भइरहेको केन्द्रीय कार्यालय सचिव अधिवक्ता केशव रिजालले केन्द्रले विद्रोही उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकहरूको प्रामाणिक विवरण तत्काल केन्द्रमा पठाउन निर्देशन गरेको बताए । उनका अनुसार कारबाहीमा परेकाहरूको सदस्यता पाँच वर्षका लागि निलम्बनमा पर्छ । विद्रोही उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको नामावली आयोगले प्रकाशित गरेको अन्तिम नामावलीको आधिकारिक र प्रामाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन निर्देशन दिएको छ । 

उम्मेदवारी फिर्ताको १६ वैशाखसम्मको अवधिमा कांग्रेसबाट ६२३ जनाको उम्मेदवारी फिर्ता भएको कांग्रेसले जनाएको छ । कतिपय स्थानमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पार्टीले उम्मेदवारी फिर्ताका लागि पत्र पठाए पनि समयभन्दा ढिला निवेदन प्राप्त भएको भन्दै निर्वाचन अधिकृतले नाम फिर्ता नलिँदा उम्मेदवारी कायमै रहेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध लाग्नेलाई पनि कारबाही गर्ने जनाउ दिएको छ । कांग्रेसले अरू पार्टीका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टीहितविपरीत कार्य गर्ने नेता–कार्यकर्तालाई कारबाहीका लागि जिल्ला अनुशासन समितिलाई निर्देशनसमेत दिएको छ ।

ad
ad