१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ९ बुधबार १९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस निर्वाचन परिचालन समितिको सचिवालय गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १९:२९:oo

कांग्रेसले निर्वाचन तयारीलाई तीव्रता दिन उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय  गठन गरेको छ। समिति संयोजक खड्काले ६ सदस्यीय स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन गरेका हुन्। 

केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा डा. सुरेश आचार्य, डा. प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले सदस्य रहेको सचिवालय गठन गरिएको छ । 

सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिहरूले गरेका निर्णयको कार्यान्वयनको अवस्था, सांगठनिक संरचना र निर्वाचन अभियानको बारेमा भइरहेका कामहरूको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक काम गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

ad
ad