१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख १९ सोमबार १९:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फास्ट ट्रयाकमा लोडर पल्टिँदा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ बैशाख १९ सोमबार १९:५२:००

निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा लोडर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निर्माणको क्रममा उत्खनन् भएको माटो फाल्ने क्रममा लोडर दुर्घटना भएको थियो । दुर्घटनामा एकजनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले मृत्यु भएकाको सनाखत नभएको बताए । उनका अनुसार मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका–११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएको दुर्घटनामा तीनजना घाइते भएका छन् । 

मृतक तीनैजना चिनियाँ नागरिक रहेको गुरुङले जानकारी दिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने दुईजना सामान्य घाइते छन् । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।