१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुनकरणदासको जन्म–शताब्दी मनाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:३४:oo

चौधरी ग्रुपका संस्थापक स्व. लुनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ आइतबार मनाइएको छ । बिएलसी होल्डिङ्स प्रालि, वसन्त चौधरी फाउन्डेसन, नर्भिक इन्टरनेसनल हस्पिटल र लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लुनकरणदास चौधरी जन्मिएको सय वर्ष भएको दिनलाई विशेष रूपमा सम्झिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्व. चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा खटिएका तीनजना सहायकहरू राम ढुंगाना, आलोक रजक र सुनील गुरुङलाई सम्मान गरिएको थियो ।  

सो कार्यक्रममा ‘कर्मयोगी लुनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाइँ तथा परिवारका अन्य सदस्यहरूले संयुक्त रूपमा विमोचन गरेका थिए । त्यस्तै, स्व. चौधरीको ‘जीवन संघर्ष’ झल्किने भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो । सामग्रीमा उल्लेख भएअनुसार विसं १९७९ वैशाख ९ गते काठमाडौंको मखनमा जन्मिएका लुकनरणदास २० वर्षको हुँदा पिता भूरामलको निधन भएको थियो । त्यसपछि उनले चौधरी परिवारको व्यापार र पारिवारिक दायित्व उठाएका थिए ।

कपडाको व्यापार गर्दै आएका उनले सुनसरीको दुहबीस्थित रत्न स्टिल कम्पनीबाट औद्योगिक यात्राको सुरुवात गरेका थिए । त्यसपछि दुहबीमै श्री पशुपति बिस्कुट उद्योगको थालनी भएको थियो । ‘त्यसवेलाका यिनै उद्योगहरूको जरा फैलिएर कालान्तरमा चौधरी ग्रुपको विशाल बगैँचा तयार भएको हो,’ सार्वजनिक पुस्तिकामा भनिएको छ, ‘आज यिनै कर्मयोगी लुनकरणदासले रोपेको उद्योग वाणिज्यको बिउ उम्रिँदै, फुल्दै र फल्दै चौधरी ग्रुपमा रूपान्तरण भई नेपालको उद्योग–वाणिज्यका हरेक क्षेत्रमा आफ्नो सारगर्भित उपस्थितिका साथ प्रतिष्ठित हुन पुगेको छ ।’ 

कार्यक्रममा स्व. लुनकरणदासका कान्छा छोरा अरुण चौधरीले आफ्ना पिता वास्तविक सेल्फमेड म्यान रहेको बताएका थिए । ‘आजको आधुनिक चौधरी ग्रुपको फाउन्डर हुनुहुन्थ्यो उहाँ,’ उनले पितालाई सम्झिँदै भने, ‘उहाँमा रहेका गुणहरूको १० प्रतिशत मात्रै गुण भएमा पनि मानिसको जीवन पूर्ण हुन्थ्यो होला ।’ माहिला छोरा उद्योगपति तथा साहित्यकार वसन्त चौधरीले आफ्ना पिता आफ्नो जीवनमा प्रेरणाको साँझ–बिहान बनेर उभिएका भन्दै स्मरण गरेका थिए ।
 

ad
ad