१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

मनाङमा एक उपाध्यक्षसहित ६१ निर्विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:१५:oo

हिमाली जिल्ला मनाङमा उपाध्यक्षसहित ६१ पद निर्विरोध भएको छ । चार गाउँपालिका रहेको मनाङमा ६१ पद निर्विरोध भएको हो ।  नासों गाउँपालिकामा १८ जना, चामे गाउँपालिकामा १२ जना, मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना र नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले पाँचवटा वडा रहेको चामे १ मा एमाले अध्यक्ष र २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरि एमाले र कांग्रेसका पाँच–पाँचजना सदस्य निर्विरोध भएका छन् । यसमा वडा १ र २ को सिंगो टिम निर्विरोध भएको बताए । 

मनाङ ङिस्याङ गाउँपालिकामा स्वतन्त्रका दुई वडाध्यक्ष निर्विरोध भएका छन् । वडा ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका सातजना सदस्य, एमालेको एक सदस्य र कांग्रेसका तीन सदस्य निर्विरोध भएका छन् । वडा ३ मा एकजना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । 

नार्पाभूमि गाउँपालिकामा एमालेबाट गाउँपालिका उपाध्यक्षमा एकजना निर्विरोध भएका छन् । वडा ४ र ५ मा वडाध्यक्ष स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडा नम्बरमा १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् । स्वतन्त्रका १० जना सदस्य, एमालेका एक र कांग्रेसका तीनजना वडा सदस्य निर्विरोध भएका छन् । पाँचवटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नम्बर १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन । नासों गाउँपालिकामा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । 

गाउँपालिकाभरि कांग्रेसका १२ सदस्य, एमाले र स्वतन्त्रका एक–एकजना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन । नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्षसमेत छन् । २८ वटा मतदान केन्द्र रहेको मनाङमा मतदाताको संख्या ६ हजार चार सय ९६ रहेको छ । महिला मतदाता तीन हजार तीन सय ४८ र पुरुष मतदाता तीन हजार एक सय ४८ रहेको छ ।

ad
ad