मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख १८ आइतबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध हतियारसहित चार पक्राउ

Read Time : < 1 मिनेट
२०७९ बैशाख १८ आइतबार १८:२१:००

प्रहरीले अवैध हतियारसहित चारजनालाई रुपन्देहीको देवदहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सताकखोला बस्ने ३६ वर्षीया गणेश राना, सोही ठाउँका ४६ वर्षीया कृष्णबहादुर कामु, ४९ वर्षीया सुनबहादुर आले र ३६ वर्षीया चेतबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए ।

प्रहरीले उनीहरूलाई देवदह– ६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वनभित्रबाट पक्राउ गरेको हो । भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले शनिबार दिउँसो पौने ३ बजे चारैजनालाई एक साथ पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

प्रहरीले उनीहरूको साथबाट ७ नाल भरुवा बन्दुक, बन्दुकमा लाग्ने गोली, बारुद र चक्कु बरामद गरेको छ । उनीहरूलाई रुपन्देही जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।