मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १७ शनिबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता पौडेलको आरोप–एमाले कार्यकर्ता केन्द्रबाट बजेट लगेर खल्तीमा हाल्छन् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १७ शनिबार १३:४९:००

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा (एमाले)का कार्यकर्ताले विकासका नाममा केन्द्रबाट बजेट लगेर खल्तीमा हाल्ने गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता पौडेलले एमाले कार्यकर्ताले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता आफैँ ठेकेदार बन्ने गरेको बताएका हुन्।

नेता पौडेलले एमालेले बारम्बार संसद्माथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको टिप्पणी गर्दै एमाले अध्यक्ष केपी ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेको आरोपसमेत लगाए।

‘गाउँमै आम्दानी गाउँमै रोजगारी अभियान हाम्रो हुन्छ, कांग्रेसको हुन्छ। त्यसो भएकाले निर्धक्कसँग जनतालाई भन्नुहोस्, आज विकासको नाममा एमाले पार्टीका कार्यकर्ताले केन्द्रबाट बजेट लाने, आफैँ उपभोक्ता बन्ने, आफैँ ठेकेदार बन्ने, बजेट सबै खल्तीमा हाल्ने। विकासको योजना अलपत्र पार्ने काम गरेका छन्  । यसबाट हामी अब नेपाललाई मुक्त गर्छौं भनेर जनतालाई भन्नुहोस् तपाईंहरू,’ उनले भने।

कांग्रेसले ओली प्रवृत्तिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरूलाई एक ठाउँमा राखेर गठबन्धन गरेको दाबीसमेत गरेका छन् ।