१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

उदयपुरमा एमाले र माओवादीबाट एक एक जना वडा सदस्य निर्विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:५३:oo

उदयपुरमा एमाले र माओवादी केन्द्रबाट एक/एकजना गरी दुई जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । लिम्चुङबुङका निर्वाचन अधिकृत तुलराज सुनुवारका अनुसार माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्वर १ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवकुमारी कामी निर्विरोध निर्वाचित भएकी हुन् । 

यसैगरी रौतामाई गाउँपालिका वडा नम्वर १ मा दलित महिला सदस्यमा एमालेबाट उम्मेदवारी दिएकी फुलमाया विक (दियाली) निर्विरोध निर्वाचित भएको रौतामाईका निर्वाचन अधिकृत सुवास भट्टराईले बताएका छन् । उनीहरु दुवैलाई हिजो शुक्रबार निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचन ऐन दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 
 

ad
ad