१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Saturday, 05 July, 2025
२o७९ बैशाख १५ बिहीबार १५:४६:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

कोरिया-नेपाल नियमित उडान सुरु गर्न माग गर्दै दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार १५:४६:oo

दक्षिण कोरिया-नेपाल नियमित उडान सुरु हुनुपर्नेलगायत विभिन्न माग राखेर कोरियाको नेपाली दूतावासमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र  बुझाइएको छ।  

नेपाली जनसम्पर्क समिति कोरियाको नेतृत्वमा कोरियामा क्रियाशील राजनीतिक संगठनहरू प्रवासी मञ्च, नेपाली जनप्रगतिशिल मञ्च, प्रवासी नेपाली एकता समाज, नेपाली समाज र प्रवासी नेपाली एकता समाजले दक्षिण कोरियामा रहेका नेपालीले महँगो भाडा तिरेर हवाईयात्रा गर्न बाध्य भएको भन्दै तत्काल नियमित उडान सुरु हुनुपर्ने माग राखेर ज्ञापनपत्र बुझाएका हुन्। 

पछिल्लो समय नेपाल र कोरिया दुवै  मुलुकमा कोरोनाको प्रकोप सामान्य बन्दै गए पनि नेपाल-कोरिया-नेपाल चार्टर्ड उडानले धेरै नेपालीले महँगो शुल्कमा यात्रा गर्न बाध्य भएको भन्दै सामाजिक सञ्जालमा चर्को रूपमा कुरा उठेपछि यहाँ क्रियाशील राजनीतिक संगठन एकजुट भएर साेलस्थित नेपाली दूतावास पुगेका थिए।  

नेपाली जनसम्पर्क समितिका सभापति भजिन्द्र छेत्री, पूर्वसभापति गिरिराज कुँवर, प्रवासी मञ्चका सल्लाहकार ध्यान राई, जनप्रगतिशील मञ्चका प्रतिनिधि श्री श्रेष्ठ, प्रवासी नेपाली एकता समाजका अध्यक्ष शुभराज भोम्जन, नेपाली जनसम्पर्क समितिका सल्लाहकार यदु लामिछानेले कार्यवाहक राजदूत रामसिंह थापामार्फत पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई बोधार्थ गर्दै प्रधानमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्।