१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन हारे पहिला कांग्रेसको नाक जान्छ : भीमसेनदास प्रधान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:५o:oo

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले गठबन्धन हारे सबैभन्दा पहिले कांग्रेसको नाक जाने बताएका छन्। पार्टीको तर्फबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रममा बिहीबार उनले गठबन्धनका दलले इमानदार भएर एक–अर्कालाई भोट हाल्नुपर्ने बताएका हुन्।

‘बाध्यात्मक अवस्थामा  गठबन्धन बन्यो। हार्‍याे भने सबैभन्दा पहिला कांग्रेसको नाक जान्छ। सँगै अरू गठबन्धन दलको नाक जान्छ। गठबन्धन दलले इमानदार भएर एक–अर्कालाई भोट हाल्नुपर्छ,’ उनले भने।

एमालेबाट उम्मेदवार बनेका केशव स्थापित अस्थिर र अराजनीतिक रहेको आरोप लगाउँदै प्रधानले स्थापित विजयी भए महानगर पनि अस्थिर हुने बताए। ‘केशव स्थापित अस्थिर छन् र अराजनीतिक छन्। उनले जिते भने महानगर पनि अस्थिर हुन्छ,’ उनले भने ।

कम्युनिस्टहरू भ्रम फैलाउन माहिर रहेको आरोप लगाउँदै प्रधानले कांग्रेसका प्रतिनिधिहरूले जनताको घरघर पुगेर भोट माग्नुपर्ने बताए।

ad
ad