१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा एक किशोरी र एक महिलामाथि बलात्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२२:oo

गुल्मीमा एक किशोरी र एक महिलामाथि बलात्कार भएको छ । छत्रकोट गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही स्थानका ४३ वर्षीय एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । आरोपितले किशोरीलाई फागुन २ गते घरनजिकै गोठमा लगेर बलात्कार गरेका थिए । 

पीडित परिवारले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध उजुरी दिएका थिए । उजुरीसँगै घटनामा संलग्न पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधवराज खरेलले जानकारी दिए । उनलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको खरेलले बताए । 

यसैगरी, केही दिनअघि इस्मा गाउँपालिकाकी २७ वर्षीया एक महिला बलात्कार गरेको आरोपमा सोही ठाउँका २९ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।

ad
ad