१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं जान हिँडेका युवा मृत भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:१९:oo

काठमाडौं जान्छु भन्दै सोमबार अपराह्न घरबाट निस्किएका सप्तरीका एक युवक सिराहाको दक्षिणी सीमावर्ती भगवानपुरस्थित हुलाकी सडकखण्डमा मृत अवस्थामा भेटिएका छन् । पूर्व–पश्चिम हुलाकी सडकको भगवानपुर गाउँपालिका–१ मा मंगलबार बिहान मृत भेटिएका युवक सिराहाको लहानसँगै जोडिएको सप्तरीको सुरुंगा नगरपालिका–४ मधुपट्टीका करिब २७ वर्षीय सुदीप चौधरी रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार मंगलबार बिहान हुलाकी सडकखण्डमा मृत अवस्थामा भेटिएका चौधरीको शव प्रक्रिया पूरा गरी लहानस्थित प्रादेशिक अस्पताल ल्याएर पोस्टमार्टम भइरहेको छ ।

‘मृतकको शरीरका कुनै पनि भागमा चोटपटक नदेखिएको, शवको प्रकृति हेर्दा अत्यधिक लागुपदार्थ सेवन गरेर मृत्यु भएको जस्तो देखिन्छ,’ उनले भने, ‘यद्यपि, पोस्टमार्टम रिपोर्ट नआएसम्म के कारणले मृत्यु भएको हो भन्ने यकिन गर्न गाह्रो छ ।’ भगवानपुरका स्थानीयले सोमबार साँझ बजार क्षेत्रमा लर्खराउँदै हिँडेको देखेको आधारमा उनको मृत्यु लागुऔषध सेवनका कारण भएको हुन सक्ने आशंका गरिएको मैनालीले बताए । चौधरीले काठमाडौं जान रात्रिबसको टिकटसमेत लिइसकेको गाउँले बताउँछन् । 

ad
ad