१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस एक्लै एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने भइसक्यो : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्। मंगलबार एमाले सम्पर्क समन्वय कमिटीको कार्यक्रममा महासचिव पोखरेलले कांग्रेस र सत्तारुढ अन्य दलले एमालेसँग एक्लै चुनाव लड्ने आँट गर्न नसकेको बताएका हुन्।

स्थानीय तह निर्वाचनमा एमालेसँग पराजित हुने डरले सत्तारुढ दलहरूले चुनावी गठबन्धन गरेको भन्दै उनले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गरे। सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको उनको आरोप छ।

‘नेकपा एमालेसँग सत्तामा रहेका सत्तारुढ दलहरूले एक्लै चुनाव लड्ने आँट गरेनन्। नेपालको सबभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ। र, उसले चुनाव लड्नका लागि पनि अरूको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ। अब नेपालमा सबभन्दा ठूलो पार्टीको रूपमा, राष्ट्रिय शक्तिको रूपमा एमाले आएको छ भन्ने कुरा यो निर्वाचनले स्थापित गरेको छ,’ उनले भने।

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेता माधवकुमार नेपाल रहेको आरोपसमेत लगाए। एमालेमा छँदा 'एक व्यक्ति, एक पद' भन्ने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको उनको टिप्पणी छ।