१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नवीन अर्याल काठमाडाैं
Invalid date format o६:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई सुरक्षामा नेपालको प्रगति, आइकाओले दियो इतिहासकै उच्च स्कोर

नेपालको हवाई सुरक्षा स्कोर ६६.७६ प्रतिशतबाट बढेर ७०.१ प्रतिशत, विश्वको औसत दरभन्दा ३.३४ प्रतिशतमाथि

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३६:oo

हवाई सुरक्षामा नेपालले थप प्रगति हासिल गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको हो । आइकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अंक पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले भने, ‘यो स्कोर नेपाली उड्डयन इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै (उच्च) हो ।’ 

आइकाओको टिमले १३ अप्रिलदेखि २५ अप्रिलसम्म नेपालको विभिन्न आठ क्षेत्रमा विस्तृत अध्ययन तथा मूल्यांकन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट बुझाएको हो । यसअघि गरिएको अनसाइट भेलिडेसन अडिटमा नेपालको सुरक्षा स्कोर ६६.७६ प्रतिशत रहेको थियो । अहिले २०२२ मा गरिएको अडिटमा सुरक्षा स्कोर ३.३४ प्रतिशत बिन्दुले बढेर ७०.१ प्रतिशत पुगेको हो । आइकाओको विश्वको औसत परिपालना दर (इफेक्टिभ इम्लिमेन्सन रेट) ६७.२ र एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको छ । यसअघि गरिएको अडिटमा नेपालको सुरक्षा स्कोर एसिया प्रशान्त क्षेत्रको औसत स्कोरभन्दा माथि रहे पनि विश्वको औसत स्कोरभन्दा शून्य दशमलव ४४ प्रतिशत बिन्दु तल थियो ।

हाम्रो आकाश सुरक्षित छ भन्ने प्रमाणित भएको छ, यसले नेपाली उड्डयन क्षेत्रको अन्तर्राष्ट्रिय जगत्मा राम्रो सन्देश गएको छ

प्रदीप अधिकारी
महानिर्देशक, क्यान

 

आइकाओले दुई सातासम्म गरेको अनसाइट अडिटमा विभिन्न देशका १० जना विज्ञहरू रहेको क्यानका महानिर्देशक अधिकारीले बताए । आइकाओले एक सय ९३ सदस्य राष्ट्रहरूको उडान सुरक्षा निगरानीको सिद्धान्त अवलम्बन गर्दै युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्राम (युएसओएपी) अडिट कार्यक्रम लागू गर्छ ।‘आइकाओले झन्डै १२ वर्षपछि नेपाली आकाश कति सुरक्षित छ भनेर अनसाइट अडिट गरेको हो,’ महानिर्देशक अधिकारीले भने, ‘आइकाओको टिमले प्रारम्भिक रिपोर्टमा १०० मा ७०.१ प्रतिशत नम्बर दिएको छ, यसको मतलब हाम्रो आकाश सुरक्षित छ भन्ने देखियो ।’ सन् २०१३ को अफसाइट अडिटमा नेपालको सुरक्षा स्कोर ग्लोबल औसत परिपालना दरभन्दा तल आउँदा आइकाओले सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी) जारी गरेको थियो । ‘सन् २०१३ मा नेपाली आकाशको सुरक्षामाथि रातो झन्डा देखाएको आइकाओले सन् २०१७ को अडिटपछि एसएससी हटाएको थियो,’ उनले भने, ‘तैपनि हाम्रो स्कोर ग्लोबल औसत दरभन्दा कम नै थियो ।’ तर, अझै इयूको कालो सूचीबाट भने नेपाल हटेको छैन ।

भैरहवामा १५ वैशाखमा परीक्षण उडान
भैरहवामा निर्माण गरिएको दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १५ जेठमा अप्रेसनल परीक्षण उडान हुने भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी एयरबस ३३० जहाजबाट परीक्षण उडान हुने क्यानले जनाएको छ । यसअघि १ वैशाखमा परीक्षण उडान हुने भनिए पनि आइकाओको अडिट टोलीका कारण दुई साता सारिएको थियो । गौतम बुद्ध विमानस्थल ८ वैशाखदेखि खुला भइसकेको छ, जहाँ आन्तरिक उडान–अवतरण भइरहेको छ ।

२ जेठदेखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने क्यानका महानिर्देशक अधिकारीले बताए । भैरहवामा पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । जजिराले कुवेत–भैरहवा सातामा तीन दिन उडान गर्ने अनुमति पाइसकेको छ । भैरहवा उडानका लागि एक दर्जन हाराहारी अन्तर्राष्ट्रिय वायुसेवाले चासो देखाए पनि अझै आवेदन परेको छैन ।