१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १२ सोमबार ०७:४५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

युनाइटेड सिमेन्ट र सञ्चालक दुगडलाई २०–२० लाख धरौटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १२ सोमबार ०७:४५:००

चुनढुंगाखानी अत्यधिक दोहन गरी राजस्व चुहावट मुद्दामा युनाइटेड सिमेन्टका सञ्चालकलाई अदालतले २० लाख धरौटी माग गरेको छ । नौ करोड ६९ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएकोमा विशेष अदाललते २० लाख धरौटी माग गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी र सञ्चालकविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमा अदालतले आइतबार २०–२० लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका इजलास अधिकृत बालकृष्ण लबजूले भने । न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

उनीहरूविरुद्ध तोकिएको परिणामभन्दा बढी चुनढुंगा उत्खनन गरेको तथा वातावरणीय संरक्षणलाई बेवास्ता गरी राज्यलाई करोडौँको नोक्सान हुने कार्य गरेको अख्तियारको अभियोग छ ।  नौवटा चुनढुंगा उद्योगविरुद्ध अख्त्यिारले मुद्दा दायर गरेको थियो । यसअघि मारुती सिमेन्टका प्रतिनिधि अदालतमा उपस्थित भएका थिए । मारुती सिमेन्टलाई २० करोड ५० लाख रुपैयाँको बिगो कायम गरी मुद्दा दर्ता भए पनि ५० लाख रुपैयाँ धरौटी माग भएको थियो ।