१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको गृहनगर दमकमा गठबन्धन र राप्रपाबीच तालमेल, राप्रपालाई प्रमुख, कांग्रेसलाई उपप्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

लामो रस्साकस्सीबीच झापाको दमक नगरपालिकामा गठबन्धनले भागबन्डा टुंग्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले निकै महत्त्वका साथ हेरिएको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन बनेको हो। जसअनुसार दमकमा राप्रपाले नगरप्रमुख पाउने सहमति भएको नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए।

कांग्रेसले उपप्रमुखसहित चारवटा वडा र माओवादीले चारवटा वडा पाउने सहमति भएको उनले बताए। राप्रपाले नगरप्रमुखसहित वडा नम्बर १ र ७ पाउने सहमति भएको उनले बताए। यस्तै, कांग्रेसले उपप्रमुखसहित वडा नम्बर ३, ४, ५, र १० पाउने सहमति भएको छ। 

माओवादीले वडा नम्बर २, ६, ८ र ९ लिने सहमति भएको बस्नेतले नयाँ पत्रिकालाई जानकारी दिए। जसपा र नेकपा (एस)लाई पनि वडामा समेटेर अघि बढ्ने सहमति भएको बस्नेतले बताए। 

राप्रपा दमकमा शक्तिशाली पार्टी मनिन्छ। यसअघि ०७४ को निर्वाचनमा राप्रपाबाट राम थापा दोस्रो स्थानमा थिए। यसपटक पनि राम थापा नै राप्रपाबाट उम्मेदवार बन्नेछन्। गठबन्धनका अरू दलले उम्मेदवार भने टुंगो लगाएको छैन। 

दमकमा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन दल एकजुट भएका हुन्। दमकको नगरप्रमुखका लागि एमालेले गीता अधिकारीको मनोनयन दर्ता गराएको छ। उनी यसअघि दमक नगरपालिकाकी उपप्रमुख थिइन्।