१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Sunday, 06 July, 2025
२o७९ बैशाख ११ आइतबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखा एमालेद्वारा जिल्लाका ९ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १८:४१:oo

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाले जिल्लाका ९ वटै  स्थानीय तहमा  उम्मेदवारी  दर्ता गरेको छ। निर्वाचन आयोगको तालिकाअनुसार आइतबार एमाले दोलखाले जिल्लाका २ नगर र ७ गाउँपालिकामा एकैसाथ उम्मेदवारी मनोनयन दर्ता गराएको हो।  

जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरका अनुसार भीमेश्वर नगरपालिकामा एमालेबाट मेयर हरिवंश चौलागाईं र उपमेयर कमला बस्नेतलगायत वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा  मनोनयन दर्ता गराएका छन्।

त्यस्तै जिरी नगरपालिकामा मेयर मित्र जिरेल र उपमेयर कृष्णमाया बुढाथोकी लगायत वडाध्यक्ष तथा सदस्यहरूले मनोनयन दर्ता गरे। कालिञ्चोक, बिगु,  शैलुङ, मेलुङ तामाकोसीलगायतका पालिकाहरूमा उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको र केही पालिकाहरूमा मनोनयन गर्ने क्रम जारी रहेको नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए। 

यता गठबन्धन दलहरूले भने वडा तहसम्म नै तालमेलका लागि सबै स्थानीय तहमा छलफल गरेर साझा उम्मेदवार टुंग्याउन लागिरहेका छन्। उनीहरूले सोमबार सबै स्थानीय तहमा वडास्तरसम्मै गठबन्धन हुने गरी मनोनयन दर्ता गर्ने तयारी गरेको गठबन्धन दलका एक नेताले जानकारी दिए।