Skip This
ओखलढुंगामा एमालेले उम्मेदवार टुंग्यायो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Monday, 17 June, 2024
२o७९ बैशाख ११ आइतबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ओखलढुंगामा एमालेले उम्मेदवार टुंग्यायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १२:५५:oo

ओखलढुंगामा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएकाे छ। एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सिद्धिचरण नगरपालिकासहित आठ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवारको नाम टुंग्याएको हो।

सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ र उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन्। खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री र उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रूपलाल तामाङ र उपाध्यक्षमा अम्मता राई, चिसंखुगढीको अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा सुस्मिका राई सुष्मा, चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्की र उपाध्यक्षमा सबिला खतिवडाले टिकट पाएका छन्।

यसैगरी, मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोसी गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खड्का (सुनिल) र उपाध्यक्षमा तारा कार्की (सरस्वती), लिखु गाउँपालिकाको अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र (क) इन्चार्ज अम्बिरबाबु गुरुङले जानकारी दिए।

जिल्ला कमिटीले जिल्लाका ७५ वटै वडाका अध्यक्ष र सदस्यहरूको नाम पनि टुंगो लगाएको छ। तल्लो कमिटीबाट आएका नामहरूमा छलफल गरेर बलियो उम्मेदवारलाई टिकट दिइएको जिल्ला कमिटी सचिव कमलप्रसाद न्यौपानेले बताए।

पार्टीले निर्णय गरेका आधिकारिक उम्मेदवारको पक्षमा उत्साहपूर्वक निर्वाचनमा जुट्न एमालेले मातहत कमिटीलाई निर्देशन दिएको छ। टिकटको टुंगो लागेसँगै एमालेका उम्मेदवारहरू मनोनयन दर्ताको तयारीमा लागेका छन्।

ad
ad
ad
ad