१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवका अवसरमा संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत हुने संगीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा तथा कलाकारको नाम सार्वजनिक गरिएको थियो । 

संगीत विधामा वरिष्ठ संगीतकर्मी मोहनकृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक वीणा जोशी राजभण्डारी, नाटक विधामा वरिष्ठ नाटककार मनबहादुर मुखिया, लोक संगीत विधामा वरिष्ठ लोकगायक अमरविरही गुरुङ, रंगमञ्च विधामा वरिष्ठ रंगकर्मी ऋद्धिचरण श्रेष्ठ तथा शास्त्रीय तथा परम्परागत संगीत विधामा वरिष्ठ जलतरंग वादक मोहनप्रसाद जोशीलाई पुरस्कारका लागि मनोनयन गरिएको प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले जानकारी दिए ।