१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

अमेरिकी सांसदको टोली उच्चस्तरीय भेटवार्तामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५७:oo

एमसिसी संसदबाट पारित गरेकोमा नेपाललाई बधाई

अमेरिकी सांसदहरूको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र सांसदहरूसँग भेटवार्ता गरेको छ । भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यबारे छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले भूकम्प र कोभिड महामारीका वेला गरेको सहयोगप्रति अमेरिकालाई धन्यवाद दिएका छन् । दुवै देशका सांसदहरूबीच नेपाल–अमेरिका सम्बन्धका बहुआयामिक पक्षमा निरन्तर अन्तरक्रिया हुनुपर्ने छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षबीच लोकतन्त्रको संस्थागत एवं सुदृढीकरण र जलवायु परिवर्तनका विषयमा सहकार्यबारे कुराकानी भएको थियो ।

अमेरिकी सिनेटर किर्सटन जिलिब्रान्डको नेतृत्वमा अमेरिकी सांसदहरूको टोली तीनदिने भ्रमणका क्रममा शुक्रबार नेपाल आइपुगेको हो । अमेरिकी दूतावासका अनुसार टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औँ कंग्रेसनल डिस्ट्रिक्ट, न्युयोर्क) सहभागी छन् ।

सांसदहरूको टोलीले शनिबार बिहान परराष्ट्रमन्त्री खड्कासँग पनि भेटवार्ता गरेको थियो । भेटमा कृषि तथा खाद्य सुरक्षा, राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा नेपालको भूमिकालगायतका विषयमा पनि छलफल भएको थियो । नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग पनि अमेरिकी सांसदहरूले शनिबार नै छलफल गरेका थिए । अमेरिकी सांसदहरूले नेपालले संसद्बाट एमसिसी अनुदान सम्झौता पारित गरेकोमा नेपाललाई बधाई दिएका थिए । उनीहरूले नेपालको सामाजिक आर्थिक विकासमा सहयोगका लागि संसदीय टोलीले सरकारलाई निरन्तर सुझाव दिइरहने पनि वचनबद्धता जनाएका थिए । 

ad
ad