१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चार प्रदेशका प्रहरी प्रमुख फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४६:oo

चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार हालै बढुवा भएका चार डिआइजीको पदस्थापन गरी थप पाँच डिआइजीको सरुवा गरेको हो । गृहको निर्णयअनुसार बागमतीमा पूजा सिंह, मधेसमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय तथा सुदूरपश्चिममा मोहनकुमार आचार्यलाई पठाइको छ । उनीहरूमध्ये सिंहबाहेक सबै बिहीबार मात्र डिआइजीमा बढुवा भएका हुन् ।

बागमतीका प्रकाशजंग कार्की, मधेस प्रदेशका उमेश रञ्जितकार, लुम्बिनीका प्रकाश अधिकारीको प्रहरी प्रधान कार्यालयमा काज फिर्ता तथा सुदूरपश्चिमका पुरुषोत्तम कँडेलको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा सरुवा भएको छ । उनीहरू चारैजनाले १८ वैशाखमा अवकाश पाउने भएकाले सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशका डिआइजी गणेश ऐरले पनि १८ वैशाखमा अवकाश पाउने भए पनि उनको सरुवा गरिएको छैन । त्यस्तै, बिहीबार बढुवा भएका अर्का डिआइजी राजेन्द्रकुमार चौधरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । उनले पनि १८ वैशाखमा अवकाश पाउँदै छन् । 

ad
ad