१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका स्याङ्गजा
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रिड नेपाल र मातृभूमि पुस्तकालयबीच दोस्रो चरणको सम्झौतामा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्गजा
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित बिर्घामा स्थापना भइरहेको मातृभूमि सामुदायिक पुस्तकालय र रिड नेपालबीच पुस्तकालयको स्तरोन्नतिका लागि आज एक कार्यक्रमका बीच ५२ लाख २४ हजार ८ सय ४६ रुपैयाँको सम्झौता भएको छ। 

सम्झौता-पत्रमा रिड नेपालको तर्फबाट उपनिर्देशक चीनकाजी श्रेष्ठ र पुस्तकालयको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हस्ताक्षर गरे। उक्त क्षेत्रको नमुना पुस्तकालय र अध्ययनको उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यसहित स्थापना भइरहेको पुस्तकालयको पहिलो चरणको भवन निर्माणको कार्य भर्खरै सम्पन्न भएको छ। 

पहिलो चरणमा पुस्तकालयको मुख्य भवन आठ महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो। कोभिड महामारी, वर्षायामलगायतको अवरोधका बीच पनि सम्झौताबमोजिम नै निर्धारित समयमा नै भवन निर्माणको कार्य सम्पन्न भएको हो। 

भवन निर्माणका लागि जापान सरकार, शान्ति भोलुन्टियर एसोसिएसन र रिड नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएका थिए। दोस्रो चरणको सम्झौताबमोजिम जापान सरकार, शान्ति भोलुन्टियर  एसोसिएसन र रिड नेपालले उक्त पुस्तकालयलाई भौतिक सामाग्री, पुस्तकहरू, साधनस्रोत, तालिमलगायत अन्य प्राविधिक सहयोग उपलब्ध गराउनेछ। 

दोस्रो चरणको सम्झौता पुस्तकालयलाई आधुनिक, प्रविधिमैत्री र अध्ययनमूलक बनाउन महत्वपूर्ण हुने व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए। सम्झौतामा हस्ताक्षर गर्दै रिड नेपालका उपनिर्देशक चीनकाजी श्रेष्ठले दोस्रो चरणको कार्य पनि पहिलो चरणको जस्तै उत्कृष्ट ढंगले समयमा नै पूरा हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष चण्डिकाप्रसाद पाण्डे, सल्लाहकारहरू डिल्लीराज पाण्डे, पशुपति पाण्डे, पूर्वसचिव टेकराज भट्टराईले पुस्तकालयको स्थापनाकालदेखि हालसम्मको अवस्थाका बारेमा आफ्नो विचार व्यक्त गरे।