१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेमबहादुर मल्ल पुरस्कार सूर्यनाथ उपाध्यायलाई दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२७:oo

हेमबहादुर मल्ल सम्मान, २०७६ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन संघले उपाध्यायले सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सम्मानपत्र तथा नगद दुई लाखले सम्मान गर्ने निर्णय गरेको हो । 

उपाध्यायलाई ११  वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त सम्मान वितरण गरिने संघले जनाएको छ । दुई वर्षभन्दा पहिले गठन गरिएको पुरस्कार छनोट समितिमा पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र जीवनप्रभा लामा रहेका थिए । 

विसं १९९५ मा बाग्लुङमा जन्मिएका स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङको नेतृत्व तहमा रहँदा गरेको उत्कृष्ट कामको कदरस्वरूप उनको सम्झनामा यो पुरस्कार स्थापना गरिएको जनाइएको छ । साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, निर्देशक, प्रमुख सल्लाहकार र अध्यक्षलगायतका पदमा रहेर सेवा गरेका मल्लको ०५७ सालमा हृदयाघातबाट निधन भएको थियो ।

हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतमलगायत सम्मानित भइसकेका छन् ।