Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख ७ बुधबार ०९:२७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मताधिकारको सुरक्षा गर्न उपल्लो डोल्पालीको आग्रह

Read Time : < 1 मिनेट
२०७९ बैशाख ७ बुधबार ०९:२७:००

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयले सुरक्षाकर्मी मागेका छन् । आसन्न स्थानीय निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको पोस्ट थप्न उनीहरूले माग गरेका हुन् ।

विगतका निर्वाचनमा तल्लो डोल्पाबाट जाने दलसम्बद्ध युवाहरूले भोट हाल्न दबाब दिने गरेकाले यसपटक उपल्लो डोल्पालीले पूर्ण मताधिकारको रक्षाका लागि सुरक्षा मागेको स्थानीय ग्याल्बो थापा भोटेले बताए । ‘पहिले पहिले हामीलाई यो चिह्नमा भोट हाल्नु, ऊ चिह्नमा हाल्नु भनेर दबाब दिन्थे । यसपटक हाम्रो मताधिकारको ग्यारेन्टी होस् भन्ने चाहन्छौँ,’ ग्याल्बोले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि स्थानीयको भेला गरेरै सुरक्षा माग गर्ने निर्णय गरेका हौँ ।’ 

भेलाले निर्वाचन अवधिभर कुनै होटेल र परिवारमा बाहिरका मान्छेलाई खानेबस्ने व्यवस्थासमेत नहुने निर्णय पनि गरेको छ । काइके गाउँपालिकातिरबाट अहिले नै ५०–६० को संख्यामा युवा प्रवेश गरेको र स्थानीय त्रासमा रहेको अन्य स्थानीयले बताए । डोल्पाका प्रहरी प्रमुख डिएसपी नीरञ्जन थापाले शान्ति सुरक्षा कायम गर्न कटिबद्ध रहेको बताए । हिउँदमा झरेका प्रहरी पोस्टमा सुरक्षाकर्मी पठाइरहेको भन्दै उनले थप जनशक्ति पठाउने जानकारी दिए ।