Skip This
सेन्चुरी बैंकले तल्लो चिरखुवा हाइड्रोमा लगानी गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ७ बुधबार o६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेन्चुरी बैंकले तल्लो चिरखुवा हाइड्रोमा लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार o६:१५:oo

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । भोजपुरको षडानन्द नगरपालिकामा रहेको जलविद्युत् परियोजनाको एलसी इनर्जी प्राइभेट लिमिटेडले पर्वद्धन गरेको हो ।

तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टमा सन्चुरी बैंकको एकल लगानी रहेको जनाइएको छ । यसमा ७० प्रतिशत बैंकको ऋण लगानी र बाँकी पर्वद्धकको लगानी रहेको बैंकले जनाएको छ । 

परियोजनाको प्रवद्र्धकमा दीपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावा जंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् । उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत् उत्पादन गर्ने क्रममा रहेको जनाइएको छ । बैंकले हाल एक सय २९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।