मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०७:११:००

सदभाव भ्रमणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस बिहीबार नेपाल आउने भएका छन् । नेपालमा तीनदिने बसाइमा गेहब्रेयसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गेहब्रेयस नेपाल आउने तय भएपछि मंगलबार भ्रमणको तालिकासमेत सार्वजनिक गरेको छ । उनी बिहीबार दिउँसो १२:२५ मा नेपाल आइपुग्नेछन् । सोही दिन स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेट गर्नेछन् ।

भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने तालिका छ । शुक्रबार उच्चस्तरीय भेटवार्तापछि उनले हनुमानढोका दरबार स्क्वायर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल र टाइफाइड खोप कार्यक्रमसमेत अवलोकन गर्नेछन् । महानिर्देशकको टोली नक्सालस्थित मेरियट होटेलमा बस्नेछ । भ्रमण तालिकाअनुसार शनिबार बिहान ९:३० मा गेहब्रेयसको टोली फर्कनेछ ।